Rule 3
राष्ट्रिय वनको भू-उपयोग परिवर्तन नगरिने
(१) राष्ट्रिय वनको भू-उपयोग परिवर्तन गरिने छैन।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रिय सुरक्षाको लागि वन क्षेत्रको भूउपयोग परिवर्तन गर्नु पर्ने भएमा नेपाल सरकारले राष्ट्रिय बनको कुनै क्षेत्रको भू- उपयोग परिवर्तन गर्ने स्वीकृति दिन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम भू-उपयोग परिवर्तनको स्वीकृति दिएको क्षेत्र जुन प्रयोजनको लागि स्वीकृति दिइएको हो सोही प्रयोजनको लागि मात्र उपयोग गर्नु पर्नेछ।